4 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र युवा स्टार सिल्क ग्रुपका प्रिन्स दाहाल १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् ।
अर्काे सेमिफाइनलमा दोस्रो वरियताका एपिएफका दिपेश धामीले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछ । गोलबजार कभर्डहलमा शुक्रबार भएको क्वाटरफाइनलमा रत्नले भोजपुरका विकास श्रेष्ठलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।
प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–११ र २१–१७ को सोझो सेटमा हराउदै सेमिफाइनलमा रत्नसँग भेट पक्का गरेका हुन् । प्रिन्सले गत महिना सिन्धुपाल्चोकमा भएको राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा रत्नलाई हराउदै फाइनल पनि जित्न सफल भएका थिए।
यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९–२१, २१–१६ र २१–१३ को सेटमा जित निकाल्दै सेमिफाइनलमा एपिएफका दिपेश धामीसँगको भेट पक्का गरे । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१–१३ र २१–९ ले पराजित गरे ।
महिलाको शीर्ष १२ तर्फ भोजपुरकी नङ्शलदेवी तामाङ एपिएफकी शोभा गौचनलाई २१–६ र २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् । उनले अब सेमिफाइनलमा जेशिका गुरुङको सामना गर्नेछिन् । एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनैना मुखियालाई २१–९ र २१–१७ को सेटमा पन्छाईन् ।
यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१–१७, २१–७ को सोझो सेटमा हराउदै आर्मीकै अमिता गिरीसँगको भेट पक्का गरिन् । अमिताले आर्मीकै अनुमाया राईलाई २१–१६, २१–९ को सेटमा हराएकी थिइन् ।
पुरुषतर्फको शीर्ष १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धाको प्रि–क्वाटरफाइनलमा सेनाका पविन लिनथेप, डेभिड थापामगर, कैलालीका देवराज राना, कञ्चनपुरका बिवेक चौधरी, सेनाका सन्तोष पनेरु, एपिएफका ईन्द्रबहादुर महता, सेनाका दिवश शंकर र सेनाका आयुष्मान नागरीले अन्तिम आठमा पुग्न सफल भए ।
महिलातर्फ खोटाङकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मिता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै झपाकी अन्जना राई, एपिएफकी प्रेक्षा राई र खोटाङकी स्मिता राईले अन्तिम आठको यात्रा तय गर्दा कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गर्न सफल भइन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।