4 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा नेपाली सेनाका मिडल ब्लकर हरि बहादुर अधिकारी वैवाहिक बन्धनमा बाधिएका छन् ।
दुई वर्षको प्रेमसम्वन्धमा रहेका ओखलढुंगाका हरिले इनरुवाकी पवित्रा खड्कासँग शुक्रबार लगनगाँठो कसेका हुन् । उनीहरुको विवाह भक्तपुरमा भएको हो ।
हरिले सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले डेब्युमै टोलीबाट कास्यपदक जित्न सफल भएका थिए । जुन कास्यपदक नेपाली पुरुष भलिबल टोलीको ऐतिहासिक पदक हो ।
त्यसपछि उनी लगातार टोलीमा पर्न सफल भएका छन् । उनले राष्ट्रिय टोलीबाट २०१८ मा भएको जाकार्ता एसियन्स गेम्स, चौथो र पाँचौ सेन्ट्रल जोन र गत वर्ष नेपालका भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]