4 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष तीनमा स्थानमा उक्लिएका छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शुक्रबार २०२१ मा खेलाडीको वरीयतामा नयाँ अपडेट गरेपछि प्रिन्सले ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो ।
विश्व जुनियर वरीयताको शीर्ष ३ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स सातौ र अहिले ११औं स्थानमा रहेको थियो ।
प्रिन्सको १०४०० अंक छ । प्रिन्सभन्दा अघि डेनमार्कका म्याड्स जुवेल मोलर र भारतका भरुण कपुर रहेका छन् । म्याड्सको १३५५० र बरुणको १३१५० अंक छ । म्याड्सले ३ तथम बरुणले ४ स्थान सुधार गरेका हुन् ।
प्रिन्सले पछिल्लो समय जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । गत चैतयता, कोरोना महामारीका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित हुनुअघिको ७ खेलमा ५ जित निकालेको थियो ।
कोरोनापछि घरेलु प्रतियोगिता सुचारु हुदा प्रिन्सले नेपाल नम्वर एक रत्नजित तामाङलाई हराउदै उपाधि जितिसकेको छ । सिरहाको गोलबजारमा जारी पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइन्लमा प्रवेश गरिसकेका छन् ।
जुनियर वरियतामा इंग्ल्यान्डका इथान रोस चौथो, मलेसियाका जस्टिन हो पाँचौ, स्पेनका ज्याकुव फर्नान्डेस छैटौं चीनका लिउ लियाङ सातौं, मलेसियाका फजरिक मोहम्मद रजिफ आठौं, चेक रिपब्लिकका जान जानोस्टिक नवौं र फ्रान्सका एलेक्स रानिएर १०औं स्थानमा अटाएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।