default_image

4 years ago

January 14, 2021

नेपाल ओपन भर्चुअल पुम्से माघ दोस्रो साता

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ ।

६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए । इरान, सिरिया र रुवान्डामा अनाथ बालवालिका, हिंसा पीडित र शरणार्थी खेलाडीलाई निःशुल्क खेलाइने छ ।

पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । कोभिड–१९ को अवस्थामा हरेक उमेरसमूहका खेलाडी चलायमान बनाउने उद्देश्यले प्रतियोगितामा धेरै स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।

पुरुष÷महिलामा उत्कृष्ट खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । त्यस्तै ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ । यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६० हजार रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.