default_image

4 years ago

January 13, 2021

एथलेटिक्स टोली स्वदेश फर्कियो

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।

जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् । सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए ।

पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् । पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् ।नेपाली एथलेटिक्सको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको पहिलो हो ।

पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता हुन् । पुरुषमा १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए । टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे । नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाइमार्गबाट आएको थियो ।

कोलकात्ताबाट मौसमका कारण उडान डिले भएपछि टोली स्थलमार्गबाट बागडोग्रा हुँदै झापाको भद्रपुर आएको थियो । भद्रपुरदैखि हवाइमार्गबाट टोली बुधबार काठमाडौं आएको हो । नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टड विमानमा गएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.