default_image

4 years ago

January 13, 2021

रत्न, प्रिन्स र दिपेशको दोहोरो जित

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक रत्नजित तामाङ, नम्वर दुई दिपेश धामी र विश्व जुनियरको ११औं वरीयताका ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले योनेक्स सनराईज १०औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा दोहोरो जित निकालेका छन् ।

सिरहाको गोलबजारमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको टप १६ भित्रमा नेपाली सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१–७ र २१–११ ले तथा दोस्रो खेलमा एपिएफका गौतम कठायतलाई २१–१८ र २१–१२ को सेटमा पराजित गर्दै दोहोरो जित निकालेका हुन् । यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१–१६ र २१–११ ले तथा दोश्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१–१२ र २१–१३ को सोझो सेटमा पराजित गरे ।

यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथि २१–११ र २१–७ ले तथा पुलिसका सुनिल जोशीमाथि २१–१८ र २१–११ को सोझो सेटमा जित निकाले । सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथि २१–८ र १९–२१ र २१–८ तथा भोजपुरका बिकास श्रेष्ठमाथि २१–१७ र २१–२३ र २४–२२ को रोमाञ्चक जित निकाले ।

यसैगरि सेनाका नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९–२१ र २१–१७ र २१–१७ तथा दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–७ र २१–१३ को सोझो सेटमा हराए ।

भोजपुरका बिकास श्रेष्ठले एपिएफका विजित थापामगरमाथि २१–१६ र २१–१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथि २१–१२, ९–२१ र २१–१८ ले, एपिएफका गौतम कठायतले धादिङका सुदीप सेंढाईलाई २१–९ र २१–१० ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२–२० र २१–१० ले पराजित गरे । प्रतियोगिताको अन्तिम लिग बिहिबार हुने रेफ्रि किरण कारञ्जितले बताए ।

यस्तै महिला राष्ट्रिय १२ र्‍याङकिङ लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङकी तारा आलेलाई २१–१२ र २१–११ ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१–६ र २१–५ ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१–३ र २१–३ ले तथा एपिएफकी जेशिका गुरुङले मनिषालाई २१–५ र २१–४ को सेटमा हराइन् ।

यसैगरि भोजपुरकी नङ्शलदेवी तामाङले विराट ब्याडमिन्टन क्बलकी २१–१९ र २१–१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१–१५, २०–२२ र २१–१५ को सेटमा हराइन् ।

पुरुष एकलको राष्ट्रिय १६ र्‍याङकिङ बाहेकका प्रतिस्पर्धामा बिर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एसएचका सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

नेकपा निकट खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासंघका संयोजक तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, गोलबजार नगरपालिकाका मेयरलगायतले कार्यक्रमको उद्घाटन गरे ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय १६ ¥याङकिङ र महिलातर्फ राष्ट्रिय १२ र्‍याङकिङ खेलाडीहरुको छुट्टै प्रतिस्पर्धा हुनेछ । यस्तै त्यस देखि बाहेककाको पुरुष र महिल एकल तथा युगल, ब्वाईज र गल्र्स १७ तथा भेट्र«ान्स ४५ माथि गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको र्‍याङकिङ प्रतिस्पर्धामा सहभागी खेलाडीहरुले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरुले प्रत्येक खेल बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाइनलमा विजयी खेलाडीहरुले १६ हजार प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगितामा विजयी खेलाडीहरुले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरुले थप ५ हजार प्राप्त गर्नेछन् । यस्तै अन्य विधामा र्‍याङकिङ बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५–५ हजार प्राप्त गर्नेछन् ।

यसैगरि छात्र तथा छात्रा यु–१७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४–४ हजार प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.