4 years ago
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
शनिबार सम्पन्न हुने प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुवै समूहमा नगद पुरस्कार राखिएको छ ।
ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्ताको पुरस्कार राशी भने समान रहेको छ । सोको विजेताले जनही २ हजार नगद पुरस्कार पाउने छन् ।
कोभिड– १९ को अवस्थामा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गराउन स्वास्थ्य मापडण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताए । प्रतियोगिता सञ्चालन गर्न मैतीदेवी प्रहरी प्रभाग र वडा कार्यालयको स्वीकृति रहेको सूर्योदयका इसीए को–ओर्डिनेटर राजेन्द्र कपालीले जानकारी गराए । प्रतियोगितामा एसइइ दिएका र दिने तयारीमा रहेका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा पीएचसीए तथा सह–प्रायोजकमा स्मार्ट विल्डर्स प्रालि, मिड प्वाइन्ट एजुकेसन कन्सल्टेन्सी, लास्ट ब्रेक स्नुकर, गृह एजुकेसनल कन्सल्टेन्सी, नेबिको प्रा.लि. लगायत रहेका छन् । लिग कम नकआउट आधारमा तीनदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।