default_image

4 years ago

January 11, 2021

ब्याडमिन्टन खेलाडीलाई पोशाक

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका प्रमुख बिनोद कुमार बम्जनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराईएको हो । ब्याडमिन्टन खेलाडी समेत रहेका बम्जन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् ।

उनले समाज सेवका साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आईरहेको ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी गराए । यस अघि आइतबार मात्रै उपाध्यक्ष सुभाषको पहलमा सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुका लागि २५ थान केल्मे ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.