4 years ago
January 8, 2021
झापा (हाम्रो खेलकुद) – संखुवासभाका पविन लिङ्थेप र सोलुखुम्बुका पेम्वा शेर्पा र पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् ।
एसिया र दिवसको जोडीले मेची ब्याडमिन्टन क्लबका सुजन श्रेष्ठ र प्रनिस सिंह ठकुरीको जोडीलाई २१–१६, १४–२१ र २१–१८ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । यस्तै अर्काे सेमिफाइनलमा पविन र पेम्वा शेर्पाको जोडीले भोजपुरका सुर्य श्रेष्ठ र बिशाल तामाङको जोडीलाई २०–२२, २१–१८ र २३–२१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भए ।
मेची ब्याडमिन्टन क्लब काकरभिट्टा झापाको आयोजनामा भएको प्रतियोगिताको भेट्रान्स डबल्समा बिर्ता ब्याडमिन्टन क्लबका सन्जय भक्तराज र गणेश कार्कीको जोडीले दमक ब्याडमिन्टन क्लबका भवानी आङदेम्वे र सुरेश नियोङको जोडीलाई २१–४ को अवस्थामा रिटायर्ड हर्डमा हराउदै फाइनलमा पुग्न सफल भए ।
अर्काे सेमिफाइनलमा खोटाङका दीपक राई र सुनिल परियारको जोडीले मोरङका जीवन बोगटी र प्रताप शाक्यको जोडीलाई २१–१५ र २१–१६ ले हराउँदै उपाधिनजिक पुगेका छन् । फाइनल मेची सामुदायिक भवनको कभर्डहल काकरभिट्टामा हुनेछ ।
प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङबाहेक सबै जिल्लाबाट १ सय १६ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पुरुष डबल्सतर्फको बिजेता टिमले ५० हजार रुपैया हात पार्नेछन् । दोस्रो हुने टोलीले ३१ हजार तथा तेस्रो हुने जोडीले २० हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै भेट्रानतर्फको बिजेता टिमले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ हात पार्नेछन् ।
यस्तै योनेक्स नेपालले प्रतियोगिताको लागि सटलकक र नेट उपलब्ध गराँउदा प्रोटेच ब्रान्डले मेन्स डबल्सका पहिलो, दोस्रो र तेस्रो हुने सबै जोडीलाई ब्याडमिन्टन सुज उपलब्ध गराउने घोषणा गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।