default_image

4 years ago

January 7, 2021

झापामा प्रदेश एक स्तरीय ब्याडमिन्टन शुरु

122 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – झापाको मेचीनगरमा बिहीबारदेखि दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

१ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । दोस्रो दिन क्वाटरफाइनल र सेमिफाइनलका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पुरुष डबल्सको क्वाटरफाइनलमा सुजन श्रेष्ठ प्रनिस सिंह ठकुरीको जोडीले बिजु श्रेष्ठ र किरण श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै एसिया जवगु र दिवस शंकरको जोडीले सन्तोष खड्का र सत्यम श्रेष्ठको जोडीसँग खेल्नेछ ।

नविन सिलवाल र रविन सौदेनको जोडीले सुर्य श्रेष्ठ तथा बिशाल तामाङको जोडीसँग तथा प्रकाश राई र सुदेन राईको जोडीले पविन लिङ्थेप र पेम्वा शेर्पाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

पुरुष डबल्स ४५ वर्षमा भवानी आङदेम्वे र सुरेश नुयोङको जोडीले घनेन्द्र लिम्बु र मदन लिम्बुको जोडीसँग खेल्नेछ । सन्जय भक्तराज र गणेश कार्कीको जोडीले अमर विष्ट र मोहन कटुवालको जोडीसँग खेल्नेछ ।

प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङबाहेक सबै जिल्लाबाट १ सय १६ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पुरुष डबल्सतर्फको बिजेता टिमले ५० हजार रुपैया हात पार्नेछन् । दोस्रो हुने टोलीले ३१ हजार तथा तेस्रो हुने जोडीले २० हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै भेट्रानतर्फको बिजेता टिमले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ हात पार्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.