4 years ago
January 6, 2021
झापा (हाम्रो खेलकुद) – मेची ब्याडमिन्टन क्लबकोे आयोजनामा झापा जिल्लास्थित काँकडभिट्टामा आयोजना हुन लागेको प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अवसर पारेर ब्याडमिन्टन अम्पायर कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
झापा जिल्लाको ६ पुरुष र २ महिला गरी ८ जना अम्पायरलाई नेपालका बरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल र ब्याडमिन्टन एसियाका अम्पायर सुमित शाक्यले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका लागी काँकडभिट्टाकी नेपालकै पहिलो महिला ब्याडमिन्टन अम्पायर पुष्पा घिमिरेले सहयोग गरेकी थिइन् ।
२३ पुसबाट सुरु हुने प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिताबाट गोष्ठिमा सहभागी हुने अम्पायरहरुको प्रयोगात्मक परिक्षण गरिने अम्पायर अर्यालले बताए । पहिलोपटक झापा जिल्ला आएका अम्पायर सुमितले नयाँ ब्याडमिन्टन अम्पायरहरु उत्पादन कार्यमा सहभागी हुन पाउँदा आफु उत्साहित भएको बताए ।
आयोजक मेची ब्याडमिन्टन क्लबका सचिव तथा झापा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष हरि तिमल्सिनाले प्रतियोगिताको रेफ्रीको रुपमा यहाँ आएर स्थानिय अम्पायरहरुलाई प्रशिक्षण दिनु भएकोमा अर्याल र शाक्यलाई धन्यवाद व्यक्त गरे । प्रदेश १ स्तरीय दोस्रो ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि सुरु हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।