default_image

4 years ago

January 4, 2021

नेपाल उपविजेता

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ ।

नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् । नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजरा, सगुन राई, विनिता प्रधान, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, सुष्मा राई, मुना तामाङ, प्रतिक्षा राणा, जितबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण जिते ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बन्यो । डिसेम्बर २८ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टिमको उपाधि हात पा¥यो ।

ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका जितबहादुर बोट तथा महिलामा अमेरिकाकी बिट्रिज करिना बेलिसिना उत्कृष्ट खेलाडी चुनिए । कलर बेल्टतर्फ पुरुषमा फिलिपिन्सका क्लार्क जेड अबेलो तथा महिलामा सोही राष्ट्रकी फ्रेङहेज्का थेरेसे गुइहामा उत्कृष्ट खेलाडी घोषित भए ।

उत्कृष्ट चारैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार जिते । अमेरिकाका क्यारोलिन इने पार्क उत्कृष्ट निर्णायक ठहरिए । आईओएफटीसीको २०औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जानकारी गराए । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.