4 years ago
January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आठौं पर्वतीय खेलकुद महोत्सव फागुन तेस्रो साता आयोजना हुने भएको छ । आयोजक माउन्टेन स्पोर्टस फेडेरेसनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट शुरु हुने जानकारी गराएको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवमा विभिन्न १५ खेलहरुको प्रतियोगिता हुने फेडेरेसनले जनाएको छ । महोत्सवमा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु हुनेछ ।
महोत्सवका लागि सम्बन्धित खेल संघका प्रतिनिधि सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठन समेत आयोजकले जनाएको छ । फेडेरेसनका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टसहितको ६ सदस्यिय सचिवलायको कार्यदल गठन गरिएको हो । सदस्यमा लक्की क्षेत्री, बसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन् ।
होत्सवले कोभिड–१९ले तहस नहस बनाएको पर्यटन क्षेत्रलाई अघि बढाउन थप सहयोग पुग्ने र माउन्टेन स्पोर्टस खेललाई शुरुवात गर्न मद्धत पुग्ने आयोजकले जनाएको छ । नेपालमा परम्परागत, सहासिक तथा पर्यटकिय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन स्पोर्टस फेडेरेशन सन् २०१३ मा गठन भएको थियो ।
स्थापनाकाल देखि नै नेपाललाई माउन्टेन स्पोर्टस हवको रुपमा स्थापित गर्न महासंघ प्रयासरत छ । महोत्सव आयोजनाका लागि १ करोड ८८ लाख अनुमानित खर्च राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुवाट सहयोग प्राप्त हुने फेडेरेसनले जनाएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]