default_image

4 years ago

December 27, 2020

सविन र बबितालाई ब्याडमिन्टन उपाधि

178 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – सविन तामाङ र बबिता पुरी जिल्ला स्तरीय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ ।

धादिङबेसीस्थित कर्भडहलमा आइतबार भएको फाइनमा सविन पुरुष एकलतर्फ तथा बबिता महिला एकलतर्फ च्याम्पियन बनेका हुन् ।

सविनले फाइनलमा पोषण चौधरीको चुनौती पन्छाउदा बबिताले रेखा अधिकारीलाई हराइन् । उपाधिसँगै सविनले ३० हजार रुपैया हात पारे । दोस्रो भएको पोषणले २० हजार तथा तेस्रो भएको रामकुमार श्रेष्ठ र लाक्पा तेन्जिङले समान १२ हजार पाए ।

महिला एकलतर्फको विजेताले बबिताले १२ हजार रुपैया हात पारिन् । दोस्रो भएको रेखाले ७ हजार तथा तेस्रो भएको रविना थापा र सरला तामाङले समान ५ हजार पाए ।

पुरुष युगलतर्फ सविन तामाङ र राजेन्द्र अधिकारीको जोडीले लिला कान्त र दुर्गा शाहीको टिमलाई पराजित गर्दै उपाधि हात पारे । यो जोडीले ३५ हजार रुपैया जिते ।

दोस्रो भएको लिला कान्त र दुर्गा शाहीको जोडीले २४ हजार तथा तेस्रो भएको लक्ष्मी कुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ र विनोद लम्साल, कृष्णकुमार श्रेष्ठको जोडीले समान १५ हजार रुपैया हात पारे ।

यु–१७ पुरुष एकलमा सलिन तामाङ च्याम्पियन बने । उनले जेनिश आमत्यलाई हराए । उपाधिसँगै सलिनले १५ हजार पाए । जेनिशले ८ हजार रुपैया तथा तेस्रो भएको निर्दिष्ट अधिकारी र आयुष क्षेत्रीले समान ५ हजार पाए ।

४५ वर्षमाथिको भेन्ट्रान्स पुरुष एकलतर्फ गणेश कुमार श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडीले राजेन्द्र अधिकारी र राममणि मिश्रको जोडीलाई हराउदै उपाधि जिते । दोर्णनाथ सेढाई र रामशरण श्रेष्ठ, उदयबहादुर थापा र पुष्पराज उप्रेतीको जोडी तेस्रो भए । विजेताले ३० हजार, दोस्रो ले २० हजार र तेस्रो भएको जोडीले समान १२ हजार रुपैया पाए ।

अफिसर्स युगलतर्फ नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गाना र दुर्गा शाहीको जोडी पहिलो भए । यो जोडीले रमेश अर्याल र सुमन सेढाईको जोडीलाई हराए ।

लिलाकान्त विक र तुलबहादुर थापा र हरि पाटामगर र ज्ञान नारायण श्रेष्ठको जोडी तेस्रो भए । पहिलो भएको जोडीले १५ हजार, दोस्रोले १० हजार र तेस्रो भएको जोडीले समान ८ हजार रुपैया पाए ।

पालिका अन्तरगत पुरुष युगल बी विधामा टेक गुरुङ र इश्वर थापामगरको जोडी पहिलो हुदै २० हजार रुपैया हात पारे । दोस्रो भएको पोषण चौधरी र भिषण कुमार श्रेष्ठको जोडीले १४ हजार रुपैया जिते ।

तेस्रो भएको जोडी विनोद लम्साल र राममणि मिश्र, लक्ष्मण मल्ल ठकुरी र भिमसेन थापाको जोडीले समान ८ हजार रुपैया पाए ।

नगरपालिका अन्तरगत पुरुष युगल सी विधामा दिनेश तिमल्सिना र रमेश कोइराला पहिलो हुदै १५ हजार रुपैया हात पारे । दोस्रो भएको अर्जुन कुमार श्रेष्ठ र सोनीग्याम्बा तामाङको जोडीले १० हजार तथा तेस्रो भएको रामबाबु अधिकारी, राजेन्द्र कुँवर र रामजी अधिकारी, राजकुमार श्रेष्ठको जोडीले समान ८ हजार पाए ।

धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजना, निलकन्ठ नगरपालिकाको प्रावधान तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा विभिन्न ८ विधा समावेश गरिएको प्रतियोगिता गत शुक्रबारबाट शुरु भएको थियो ।

योनेक्स सनराइजको नेपालका लागि आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलाले प्रोत्साहनस्वरुप यु-१९ का ब्वाइजका दुइ र गल्सका दुइ खेलाडीलाइ योनेक्सको र्याकेट र टिसर्ट प्रदान गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.