default_image

4 years ago

December 26, 2020

पुष्पलाल स्मृति ब्याडमिन्टन यसै महिना

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै महिनाको अन्त्यमा आयोजना हुने भएको छ ।

फाइलःतस्वीर

२२ पुसदेखि काठमाडौंको कभर्डहलमा हुने भनिएको प्रतियोगिता २९ पुसदेखि ३ माघसम्म लाहानको गोलबजारमा आयोजना हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ ।

यस्तै प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने र प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने आयोजकका सचिव रदीप महर्जनले जानकारी गराए ।

नेकपाको भातृ संगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शीर्ष १६ देखि बाहेक) र महिला एकल (शिर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव २०० खेलाडीहरुले सहभागिता जनाउने आयोजक संघले प्रेश बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

प्रतियोगिताको ¥याङकिङ प्रतिस्पर्धामा सहभागी खेलाडीहरुले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरुले प्रत्येक खेल बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् ।

यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा विजयी खेलाडीहरुले १६ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विजयी खेलाडीहरुले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरुले थप ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै अन्य विधामा वरीयता बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५-५ हजार प्राप्त गर्नेछन् ।

यसैगरि छात्र तथा छात्रा यु–१७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४-४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कुल १९ लाख ८४ हजार लागत रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ । योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पु¥याउने उद्धेश्यले लामो समय देखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आईरहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.