4 years ago
December 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटमा आयोजना हुने भएको छ ।
आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको च्याम्पियनसिप १० माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए ।
‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन लागेको उक्त रेसमा १३.४ किलोमिटरको महिला र पुरुष दौड र ४.५ किलोमिटरको रन फर फन रेस हुनेछ । नुवाकोटस्थित कोल्पुटारबाट सुरु हुने रेस कोल्फुटार, बेलिनि, राजओडार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिनेछ ।
मुख्य विधा १३.४ को महिला र पुरुष विजेताले समान १५ हजार, दोस्रो हुनेले १० तथा तेस्रो हुनेले ५ हजार नगद पाउँनेछन् । १३.४ किलोमिटरमा विगतको कोर्स रेकर्ड बनाउनेलाई थप ५–५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीको नाममा कीर्तिमान रहेको छ ।
४.५ किलोमिटरको छात्र र छात्रा विजेताले समान ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैया हात पार्नेछन् । च्याम्पियनसिपको पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु, तेस्रोमा किरण सिंह बोगटी र पुष्पा भण्डारी र चौथोमा कास राई र प्रिया राई कोजु च्याम्पियन बनेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]