4 years ago
December 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले सोल्टी ११ नकआउट फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जितेको छ ।
गोङ्गबुस्थित मनाङ–मस्र्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ब्रदर्श युनाइटेडलाई ४–१ ले पराजित गर्दै ढुकुले उपाधि हात पारेको हो । ढुकुको एकपक्षीय जितमा अमित लामाले २ तथा अभय राना र आदिल हामिदले समान एक गोल गरे ।
उपाधिसँगै ढुकुले ६६ हजार ६ सय ६६ रुपैया हात पारे । दोस्रो भएको ब्रदर्श युनाइटेडले ३३ हजार ३ सय ३३ रुपैयाँ हात पारे । ब्रदर्श युनाइटेडका मन्जिल महर्जन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।
ढुकुका अनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा ढुकुकै अभय राना प्रतियोगिताको सर्वाधिक गोलकर्ताले भए । उनले प्रतियोगिताभर ८ गोल गरेका थिए । उत्कृष्ट सबैले जनही १ हजार ११ रुपैया हात पारे ।
विजयी खेलाडीलाई गोङ्गबु वडा नम्वर २६ का वडा अध्यक्ष खेमराज तिवारी र सोल्टी ११ समूहका अध्यक्ष दुर्गा गुरुङलगायतले पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा विभन्न २८ टोलीले सहभागिता जनाएका थिए । पहिलो दिन नकआउटको १४ खेल तथा दोस्रो दिन शनिबार प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलको खेल भएको थियो ।
सोल्टी ११ ले गुरुङहरुको महान पर्व तमु ल्होसारको अवसर पारेर हरेक गएको तीनवर्ष यता यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा आरएमएफसी र दोस्रो संस्करणमा जोरपाटी एफसीले उपाधि जितेको थियो ।
आयोजक सोल्टी ११ का अध्यक्ष दुर्गा गुरुङले प्रशासनबाट स्वीकृति लिएर प्रतियोगितालाई निरन्तरता दिएको बताउदै अर्काे वर्ष पनि यही समयमा प्रतियोगिता हुने थपे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।