default_image

4 years ago

December 24, 2020

धादिङमा जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन सुरु

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ सदरमुकाम धादिङबेशीमा जिल्ला स्तरीय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।

धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजना, निलकन्ठ नगरपालिकाको प्रावधान तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा विभिन्न ८ विधा समावेश गरिएको छ ।

जसमा पुरुष एकल, पुरुष डबल्स्, महिला एकल, महिला डबल्स्, यु–१९ पुरुष एकल, ४५ वर्षमाथि भेट्रान्स डबल्स्, अफिसर्स टिम पुरुष डबल्स्, पालिकाअन्तर्गत पुरुष डबल्स् ‘बी’ र नगरपालिका अन्तर्गत पुरुष डबल्स् ‘सी’ विधा समावेश गरिएको छ ।

प्रतियोगिताको निलकन्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले एक कार्यक्रमकाबीच उद्घाटन गरे । खेलाडीको तर्फबाट रामचन्द्र गिरी र टेक्निकल अफिसियलको तर्फबाट प्रतियोगिताको रेफ्री उदय अर्यालले सपथ लिएका थिए ।

जिल्लास्तरीय प्रतियोगिता भएपनि प्रतियोगितामा २१६ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलाडी संख्या धेरै रहेको र कुल १७६ खेल हुने भएकाले तीन दिने प्रतियोगितामा एक दिन थप हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष एकलतर्फको विजेताले ३० हजार रुपैया प्राप्त गर्नेछ । पुरुष डबल्स्को विजेताले ३५ हजार, महिला एकलको विजेताले १२ हजार, यु–१९ पुरुष एकलको विजेताले १५ हजार, ४५ वर्षमाथिको भेट्रान्सको विजेताले ३० हजार रुपैया हात पार्नेछ ।

यस्तै अफिसर्स टिम विजेताले १५ हजार, पालिकातर्फको विजेताले २० हजार र नगरपालिका अन्तर्गतको विजेताले १५ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.