4 years ago
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुर्वसन्ध्यामा ब्याडमिन्टन अम्पायर वर्कसप आयोजना भएको छ ।
ब्याडमिन्टन प्रतियोगिताको लागि वरिष्ठ अम्पायरहरु जिल्लामा आएको बेलामा ब्याडमिन्टन अम्पायर वर्कसप राखिएको धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीमा भइरहेको वर्कसपमा स्थानिय ८ जना ब्याडमिन्टन खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।
वर्कसपमा बिडब्लुएफका मान्यताप्राप्त लाइन जज उदय अर्याल र ब्याडमिन्ट एसियाका अम्पायर सुमित शाक्यले प्रशिक्षण दिइरहेका छन् । यस्तो खालको वर्कसपबाट नयाँ जनशक्ति उत्पादन हुने र स्थानिय तहमा प्रतियोगिता आयोजना हुदा खेल सञ्चालन गर्न सहयोग पुग्ने भएकाले आफु जिल्ला आएको बेला संघको अनुरोधमा प्रशिक्षण दिइरहेको अम्पायर अर्याले जानकारी गराए ।
यस्तै अर्का अम्पायर शाक्यले आफ्नो सिनियरसँग बसेर यस किसिमको वर्कसप हुदा आफुलाई प्राप्त ज्ञान हरुलाई सिकाउन पाउँदा खुशी लागेको र अम्पायर बन्न चाहनेहरुलाई सिकाउन पाँउदा धेरै खुशी लागेको बताए । वर्कसपमा बिहीबारदेखि प्रयोगात्मक कक्षा ब्याडमिन्टन प्रतियोगताको खेलहरुमा अम्पायरिङ गराएर गरिनेछ ।
प्रतियोगिताको लागि नेपाल ब्याडमिन्टन संघको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन अम्पायर केदार धिमाल, पुष्पा घिमिरे, राजु देउजा, मन्दिरा न्यौपाने र राजाबाबु शर्मा धादिङ पुगिसकेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।