default_image

4 years ago

December 22, 2020

मण्डे, आयशा, सुवाससहित ७ खेलाडी प्रतिभा पुरस्कारबाट सम्मानित

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ छन् ।

त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ छन् । दुवै आ–आफ्नो खेलमा सागका प्रशिक्षक थिए । जुडोका धर्मकुमार श्रेष्ठ निर्णायकको तर्फाट सम्मानित भएका छन् ।

यस्तै संघबाट नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित भए ।

१३ औं सागमा दुई स्वर्ण पदक जितेका आयशा, मण्डेकाजी, सुवास र एक स्वर्ण पदक जितेकी लक्ष्मीले समान १ लाख रुपैयाँ प्राप्त गरे । शारीरिक सुगठनका समिर, भारत्तोलनका बिकास थापा र एथलेटिक्सकी सन्तोषीले समान ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे । विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए ।

तेक्वान्दोका प्रशिक्षक श्रेष्ठ र करातेका प्रशिक्षक श्रेष्ठले समान ५० हजार रुपैयाँ प्राप्त गरे । जुडोका निर्णायक श्रेष्ठ, चिकित्सक शाह र खेल संघबाट नेपाल गल्फ संघले समान १ लाख रुपैयाँले प्राप्त गरे ।

खेलकुदको विकास र प्रवद्र्धनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीको मनोवल उच्च राख्न सहयोग गरेकोमा काठमाडौं महानगरपालिका र कतार एयरवेज प्रायोजकका रुपमा सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।

२१ दिने सुचनामा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको मन्त्रालयले जनाएको छ ।

९ सदस्य समितिले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधिको अधिनमा रहि प्राप्त आवेदनको मूल्याकंन गर्दै उच्चतम अंक प्राप्त गर्नेलाई सम्मानका लागि सिफारिस गरेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.