4 years ago
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताएका हुन् ।
राखेपका उपाध्यक्ष तथा संघ विवाद समाधन समितिका संयोजक शिव कोईरालाले ब्यक्ति एउटा दायित्व धेरै भएको संघमा पाईएको र अब त्यो प्रथाको अन्त्य हुने बताएका छन् । उनले संघ धेरै भएर राज्यले धान्न नसकेको नभई कतिपय संघले गर्ने क्रियाकलाबबाट खेलकुद बदनाम हुदै आएको र अब त्यो परिपाटी नचल्ने बताएका छन् ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै राखेपले पुस महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २÷२ दिने कार्यक्रको आयोजना गर्ने जानकारी गराए ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराएका थिए । कार्यक्रममा ८० संघका प्रतिनिधिको सहभागिता रहेको थियो ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]