4 years ago
December 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित भएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई सम्मान गरेको हो ।
लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए । उनले खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्ने बताईन् ।
कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भएपनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउदै आएका बताए ।
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]