4 years ago
December 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ ।
राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो ।
राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नु पर्ने भएमा नगरपालिकालाई पूर्व जानकारी गराउनु पर्ने र नगरपालिकाले स्वीकृति दिनु पर्ने सम्झौता भएको छ ।
कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत अन्य आवश्यक मर्मत सम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्ने छ ।
नगरपालिकाले आवश्यक तथा माग अनुसार खेलकुद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्न सक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित नेपाल कानुन बमोजिम हुने तथा सम्झौतामा उल्लेख भएका शर्त बाहेक प्रचलित नेपाल कानुनमा भएका व्यवस्था परिपालना दुवै पक्षले गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।
२०७५ साल भदौ १ गतेदेखि निर्माण सुरु भएको कभर्डहल ३ करोड २ लाख ३० हजार १ सय २२ रुपैयाँ लागतमा बनेको हो । २०७६ साल कात्तिक ३० गते निर्माण सम्पन्न भएको कभर्डहल ५ सय दर्शक क्षमताको छ । कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत इन्डोर खेल खेल्न सकिने छ ।
१३ औं सागमा यस कभर्डहलमा फेन्सिङ र खो–खो खेल भएको थियो । सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानिय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्वपूर्ण अवसर दिने बताउदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुयोग गर्ने विश्वास व्यक्त गरे ।
मेयर महर्जनले कीर्तिपुरलाई खेलकुदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै कभर्डहलबाट विशेषगरी नगरका खेलाडी लाभान्वित हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कानुन शाखा प्रमुख नारायणराज अर्याल, पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठलगायतको उपस्थिति थियो ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]