4 years ago
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिता अन्तरगतको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् ।
आइतबार भएको फाइनलमा प्रफुल र रुकेशको जोडीले पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रफुल र रुकेशको जोडीले २१–१६ र २१–१६ को सहज जित हात पारे ।
सेनाका दिवश शंकर र भोज बहादुर गुरुङको जोडी र बुटवल ब्याडमिन्टन क्लबका बिश्वास नेपाल र गणेश रायमाझीको जोडीले तेस्रो स्थान हासिल गरे ।
भेट्रान ४५ वर्षमाथि चितवनका कमल राना र बुद्धि चौधरीको जोडी पहिलो भए । यि जोडीले गुल्मीका नवराज श्रेष्ठ र कृष्णा रानाको जोडीलाई २१–११, १८–२१ र २१–१० ले हराउन सफल भए । चन्द्रागिरी ब्याडमिटन क्लबका हरि खत्री र पुरन श्रेष्ठको जोडी र बुटवल ब्याडमिन्टन क्लबका अर्जुन कार्की र गोपाल टन्डन तेस्रो भए ।
योनेक्सको माभिस–३५० नाइलन सटलकक प्रयोग गरिएको प्रतियोगितामा दाङका हिमांशु कुँवर प्रतियोगिताको उदियमान खेलाडी घोषित भए ।
पुरुष डबल्सको विजेता प्रफुल र रुकेशको जोडीले ५१ हजार रुपैया हात पारे । दोस्रो भएको जीवन र सुनिलको जोडीले ३५ हजार तथा तेस्रो हुने टोलीले २० हजार रुपैया हात पारे । यस्तै भेट्रानतर्फको विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १५ हजार रुपैया हात पार्नेछ ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठले नगद पुरस्कार, मेडल र ट्रफी प्रदान गरे ।
रुपन्देहीस्थित सैनामैना नगरपालिकाको सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा पुरुष डबल्स र भेट्रान्स डबल्स ४५ वर्षमाथि गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो । दुवै विधामा ३१–३१ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।