default_image

4 years ago

December 11, 2020

प्रिन्सलाई ब्याडमिन्टन उपाधि

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

शुक्रबार भएको फाइनलमा विश्व जुनियर वरियताको ११औं स्थानमा रहेका तथा ब्याडमिन्टन एशियाका उत्कृष्ट जुनियर खेलाडी प्रिन्सले विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारे ।

सिल्क ग्रुपका प्रिन्सले नवीनमाथि २१–१४ र २१–१० को सहज जित दर्ता गरे । प्रिन्सले बिहीबार मात्रै नेपाल नम्वर वान रत्नजित तामाङलाई २–० को सोझो सेटमा हराउदै फाइनलमा स्थान पक्का गरेका थिए ।

सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दा उपाधि जित्न सफल भएको बताए । उपाधिसँगै प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाए । सेमिफाइनलमा पराजित रत्नजित र रुकेश महजैनले समनन १० हजार रुपैयाँ हात पारे ।

विश्व महामारीको रुपमा रहेको कोरोनाका कारण खेलबाट बञ्चित रहेका राष्ट्रि खेलाडीहरुका लागि यो निकैनै महत्वपूर्ण प्रतियोगिता समेत रहेको थियो । प्रतियोगिता आयोजना गरेकोमा राष्ट्रिय खेलाडीहरुले आयोजकलाई धन्यवाद प्रदान गरे । मंसिर २१ गते देखि संचालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.