4 years ago
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको सैनामैनामा दुईदिने प्रथम सैनामैना राष्ट्रिय खुल्ला पुरुष डबल्स तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
सैनामैना ब्याडमिन्टन क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता शनिबार र आइतबार हुनेछ । प्रतियोगितामा विभाागीय टोली, विभिनन जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागिता रहनेछ ।
प्रतियोगितामा योनेक्सको माभिस–३५० नाइलन सटलकक प्रयोग हुनेछ । प्रतियोगितामा नेपालका राष्ट्रिय स्तरका वरीयता प्राप्त खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिताको पुरुष डबल्सको विजेताले ५१ हजार रुपैया हात पार्नेछ । दोस्रो हुने टोलीले ३५ हजार तथा तेस्रो हुने टोलीले २० हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ । यस्तै भेट्रानतर्फको विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १५ हजार रुप्रया हात पार्नेछ ।
२०७६ मा स्थापना भएको सैनामैना क्लबले १ करोड ३१ लाख रुपैयाको लगानीमा आफ्नै कभर्डहल निर्माण गरेको छ । खेल सोही कभर्डहलमा हुनेछ ।
सैनामैना नगरपालिकाको १ करोड ८ लाख, जिल्ला खेलकुद बिकास समितिको १० लाख, जिल्ला बिकास समितिको १० लाख तथा जनश्रमदानबाट ३ लाख लगानीमा हलको निर्माण गरिएको छ । ४ हजार ३ सय १० मिटर स्क्वायर फिटमा फैलिएको कभर्डहलमा २ कोर्ट रहेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।