4 years ago
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टनको उपाधि जितेका छन् ।
विधान र विशालको जोडीले वाणगंगाका राजु थापा र विनोद पौडेलको जोडीलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
विधान र विशालको जोडीले राजु थापा र विनोद पौडेलको जोडीलाई २१–१६ र २१–७ ले पराजित गरेको हो । प्रतियोगितामा बुधबार प्रि–क्वाटरफाइनलसम्मको खेल सम्पन्न भएको थियो । बिहीबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेल भएको थियो ।
बाणगंगा नगरपालिका जितपुर –४ को आयोजना तथा शान्तिदीप युवा क्लबको संयोजनमा भएको प्रतियोगितामा विभागीय टोली, जिल्ला तथा विभिन्न क्लबहरु गरी ३७ टिमले प्रतिस्पर्धा गरेका थिए । कपिलवस्तुमा यस किसिमको खुल्ला ब्याडमिन्टन प्रतियोगिता पहिलोपटक आयोजना भएको हो ।
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]