4 years ago
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका जितपुर –४ मा राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
कपिलवस्तुमा यस किसिमको खुल्ला ब्याडमिन्ट प्रतियोगिता पहिलोपटक आयोजना भएको हो । प्रतियोगितामा बुधबार प्रि–क्वाटरफाइनलसम्मको खेल सकिएको छ ।
बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडी, बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझी तथा त्रिभुवन आर्मी क्लबका दिवस शंकर, सुदर्शन गुरुङको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
यस्तै बाणगंगा ब्याडमिन्टन क्लबका बिनोद पौडेल र राजु थापा, सैनामैना ब्याडमिन्टन क्लबका चक्र दुमर पल र अशोक क्षेत्री, कास्कीका अभिषेक बोस र विधान गुरुङ तथा बाँकेका सिशव थापा सरोज अन्सारीले अन्तिम आठको यात्रा तय गरेका छन् ।
बिहीबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुने अम्पायर उदय अर्यालले जानकारी गराए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।