default_image

4 years ago

December 9, 2020

प्रिन्स क्वाटरफाइनलमा

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फाइलः तस्विर

बुधबार भएको प्रि–क्वाटरफाइनलमा सेनाका गोकुल जोरालाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले अन्तिम आठको यात्रा तय गरेका हुन् । अब प्रिन्सले क्वाटरफाइनलमा सेनाकै पविन लिनथेपसँग प्रतिस्पर्धा गर्नेछन् ।

पविनले रामेछापका टिकाराम मगरलाई २१–४ र २१–६ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका हुन् । नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङलाई २१–१३ र २१–१० ले पराजित गर्दै क्वाटरफाइनलमा सेनाका रत्नजित तामाङसँगको भेट पक्का गरेका हुन् । रत्नजित वाई पाएर सिदै क्वाटरफाइनल प्रवेश गरेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप –२१को आयोजनामा भएको प्रतियोगिता अन्तरगत बुधबार भएको अन्य खेलमा सेनाका प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन तथा एपिएफका साजन कृष्ण ताम्राकारले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे ।

प्रफुलले रुपन्देहीका डेभिड थापामगर माथि २१–१२, २१–११ले, नविनले एपिएफका प्रियान्सु सिंह क्षेत्री माथि २१–१७, २१–१४ ले, रुकेशले सेनाकै आयुष्मान नागरी माथि २१–१८, २१–१६ र साजनले एपिएफका निरञ्जन देवकोटा माथि २१–९, २१–१३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको प्रतियोगिता रेफ्रि किरण कारञ्जितले बताएका छन् ।

कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित राष्ट्रिय स्तरका खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । यस प्रतियोगितामा राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको छ ।

राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । ब्याडमिन्टनको ईतिहासमा यती ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाईनलिष्ट दुई जनाले जनही १०÷१० हजार प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.