4 years ago
December 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरासुन्दरीका अभिषेक गुरुङले तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधि जित्न सफल भएका छन् ।
तोप – २१ को आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको फाइनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९ र २१–१५ ले पराजित गर्दै उपाधि जितेका हुन् । अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गर्नेछन् । यस्तै उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
अभिषेकले बलेफीका अजय तामाङमाथि रिटायर्ड हर्टको आधारमा जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए । यस्तै अर्को सेमिफाइनलमा चौताराका सुरेन्द्र श्रेष्ठले चौताराकै रमेश श्रेष्ठ माथि २१–१६, ११–२१, २१–१४ को जित निकाल्दै फाइनल यात्रा तय गरेका थिए ।
तेश्रो स्थान प्राप्त गरेका चौताराका रमेश श्रेष्ठ र बलेफीका अजय तामाङले जनही नगद ५ हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ र युवराज अधिकारीको जोडी फाइनल प्रवेश गरेका छन् ।
प्रकाश र रमेशको जोडीले बलेफीका अजय तामाङ र राजकुमार तामाङको जोडीलाई २०–२२, २१–१० र २१–७ ले तथा अभिषेक र युवराजको जोडीले चौतारका सुन्दर श्रेष्ठ र कैलाश घलेको जोडीलाई २०–२२, २१–११ र २१–११ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।