default_image

4 years ago

December 5, 2020

भलिबल खेलाडी ओमप्रकाशलाई झन्डै ९ लाख हस्तान्तरण

691 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि झन्डै ९ लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

फ्यान्स क्लबले अभियानमार्फत संकलन भएको रकम तेस्रो चरणसम्ममा ओम प्रकाशलाई ८ लाख ९० हजार २ सय १२ रुपैया हस्तान्तरण गरिएको फ्यान्स क्लबका अभियन्ता लक्ष्मण काप्रीले जानकारी गराए ।

फ्यान्स क्लबले २० भदौंबाट सहयोग अभियान चलाएको थियो । शनिबार तेस्रो चरणमा १ लाख २९ हजार १ सय २० रुपैया हस्तान्तरण गरेसँगै ओमको लागि यो अभियान पनि समाप्त भएको काप्रीले जानकारी गराए ।

शनिबार तेस्रो चरणमा संकलित रकम अभियानका अर्का सदस्य तथा गण्डकी प्रदेश भलिबल टोलीका लिवेरो राजन दर्लामी मगर र भलिबल फ्यान्स क्लबका एडमिन एसिक नेपाली (जान सुन) ले अस्पतालमा पुगेर हस्तान्तरण गरेका थिए ।

फ्यान्स क्लबले पहिलो चरणमा ६ लाख ५६ हजार ९२ रुपैया र दोस्रो चरणमा रािष्ट्रय रेफ्री अनिल गुरुङले १ लाख ५ हजार रुपैया हस्तान्तरण गरिसकेको थियो । काप्रीले ओमको लागि अन्य व्यक्ति र संस्थाले अभियान चलाएर रकम संकलन गरेपनि हालसम्म बिरामीलाई नबुझाएको र छिट्टै बुझाइदिन आग्रह गरेका छन् ।

काप्रीले आगमी दिनमा पनि पिर मर्का परेका खेलाडीलाई फ्यान्स क्लबमार्फत फेरि एकजुट भएर सहयोग गर्ने बताउदै भलिबल फ्यान्स क्लबलाई आधिकारिक रुपमा दर्ता गर्न प्रक्रियामा रहेको बताएका छन् ।

गण्डकी प्रदेश प्रहरी भलिबल टिमका खेलाडी रहेका ओमप्रकाश तनहुँको देवघाटमा ड्युटी सकेर फर्कन क्रममा सडक दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । पर्वतका ओमप्रकाश गत वर्ष १ माघमा तनहुँको देवघाटमा लाग्ने माघे संक्रान्तिको मेलाको ड्युटी सकेर फर्कने क्रममा नेपाल प्रहरी सवार गाडी दुर्घटना हुदा उनी घाइते भएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका उनको खुट्टा र ढाडको मेरुदण्ड भाँचिएको थियो । उनको पोखरामा उपचार भइरहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.