default_image

4 years ago

December 4, 2020

दिलिप स्मृतिको ग्रेडिङ

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् ।

दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो संघमा पठाउने छ ।

जिल्लाले नेपाल तेक्वान्दो संघ र तेक्वान्दो संघले दक्षिण कोरियास्थित कुकिवनमा पठाउने प्रमुख प्रशिक्षक खत्रीले जानकारी दिए । कुकिवनबाट खेलाडीले प्रमाण पत्र पाउने बताइएको छ । २०७१ सालमा स्थापना भएको डोजाङको यो सातौं ग्रेडिङ हो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.