4 years ago
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् ।
फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको जानकारी पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए ।
यस्तै चन्द्र बदना राई पनि अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा हुने प्रक्रियामा रहेको संघले जनाएको छ । राई पनि बढुवा भएको अवस्थामा नेपालबाट तीन जना अन्तर्राष्ट्रिय भलिबल रेफ्री हुने महासचिव चन्दले बताए । धेरै राष्ट्रमा अन्तर्राष्ट्रिय रेफ्री नरहेको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय रेफ्री उत्पादन गर्नु ऐतिहासिक कुरा रहेको उनले थपे ।
राना गौतम लासिवा पछि एफआइभीबीबाट आधिकारिक अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्ने दोस्रो रेफ्री बनेका छन् । एफआइभीबीको बोर्ड प्रशासनले नोभेम्वरको सुरुवातमै रानालाई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा गरेको उल्लेख गरेको छ ।
रानाले सन् २०१४ मा जापानमा भएको एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा म्याच खेलाउनुको साथै कोर्स गर्दा चन्द्रबदनाले श्रीलंकामा एसियन च्यालेन्ज कपमा म्याच खेलाउनुको साथै कोर्स गरेकी थिइन् ।
बढुवाका लागि एसियन गेम्स वा एसियन च्याम्पियनसिप अथवा एभीसीको आधिकारिक खेलहरु कम्तीमा पनि दुई खेल खेलाउनुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको अवधि ५ वर्षसम्म हुने ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेल खेलाएर अन्तर्राष्ट्रिय रेफ्री बनिसक्नुपर्ने नभए खारेज हुने छ ।
नेपालमा पुर्ण प्रसाद चौलागाईं, बिकास गुरुङ, टहल सिंह थापा र विजयी केसी गरी चार जना एसियन रेफ्री क्यान्डिडेट रहेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय खेललाई रिफरिङ गर्न पाउने छन् तर, उनीहरु एसियन रेफ्री हुन् ।
एसियन रेफ्री क्यान्डिडेटको लागि एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले पहिले अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको कोर्स गर्ने गरेको र अहिले एफआइभीबीले अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटलाई पोस्टपोन्ड गर्दै एसियन रेफ्री क्यान्डिडेटलाई ओपन गरेको छ । त्यसअनुसार संघलाई २ वटासम्म कोटा दिनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]