default_image

4 years ago

November 28, 2020

तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ सम्पन्न

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न गरेको छ ।

तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितिमा भएको ग्रेडिङमा डोजाङका प्रशिक्षक बशन्त लामाले ग्रेडिङ प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ जना, र ब्ल्याक बेल्ट तेश्रो डानमा ३ जना सहभागी भएको कुरा डोजाङ प्रमुख एवं राखेप प्रशिक्षक चुलाइ मुखियाले बताए ।

२०६० सालदेखि प्रशिक्षण शुरु गरेको यस डोजाङले हालसम्म ३०० जना भन्दा बढी ब्ल्याक बेल्टका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । हाल यस डोजाङमा १५० भन्दा बढी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.