4 years ago
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक वर्ष पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिना पछि सागको खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो ।
सदस्य सचिव सिलावलले सागका लागि सरकारले उपलब्ध गराएको रकममा निकै बचत भएको दाबी गर्दै आएका छन् । सरकारले ३ अर्ब भन्दा बढी सागका लागि विनियोजन गरेको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हलमा आइतबार सागको खर्च विवरण सार्वजनिक हुने भएको छ । सिलवालले साग सकिएको ३ महिनामा खर्च विवरण सार्वजनिक गर्ने बताएका थिए ।
खर्च विवरण सार्वजनिक त भएन बरु उनै सिलवाल राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार पुनः राखेप सदस्य सचिव नियुक्त भएका थिए । उनी दोहोराएर नियुक्ती भएको पनि ५ महिना बितिसकेको छ ।
सिलवालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सागको हिसाब किताब सार्वजनिक गर्न लागेका हुन् । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
सागको खर्च विवरण सार्वजनिक नगर्दा सदस्य सचिव सिलवालको सुशासन र पारदर्शीताको नारामाथि प्रश्न उठ्दै आएको छ । साग आयोजना तथा सामान खरिदमा भ्रष्टाचार भएको आरोप राखेपमाथि लाग्दै आएको छ । सागका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरी परेको बताइन्छ ।
सागकै ब्याडमिन्टनको खेलाडीका जुत्तालगायतका सामान तथा म्याट खरिदमा अनियमिता भएको निष्कर्ष सहितको प्रतिवेदन छानविन समितिले राखेपलाई बुझाईसकेको छ । छानविन समितिले तयार पारेको प्रतिवेदन लामो समय बितिसक्दा समेत सार्वजनिक भएको छैन ।
नेपालले १३ औं सागमा ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्यगरी कुल २ सय ७ पदक जितेको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]