4 years ago
November 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारामा ब्याडमिन्टनको इतिहासमा नै सर्वाधिक पुरस्कार राशीको ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा २१ मंसिरदेखि प्रतिस्पर्धा गराईने आयोजक तोप–२१ चौताराले ले जनाएको छ । पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।
जिल्लामा ब्याडमिन्टन खेलको प्रवर्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा खेलाडी दर्ता शुल्क १ हजार रहेको छ । राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछन् ।
उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनमा पुगेकाले जनही १० हजार प्राप्त गर्नेछन् । कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुले पहिलोपटक यती ठुलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाइनलमा पराजित हुनेले जनही ५ हजार प्राप्त गर्ने छन् । युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले समान ५–५ हजार रुपैया प्राप्त गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।