4 years ago
November 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) मा नेपाली ब्याडमिन्टनको क्रेज बढ्न थालेको छ ।
नेपाली ब्याडमिन्टन कम्युनिटीका उदियमान खेलाडीहरुले नोभेम्वर ६ देखि २१ सम्म सञ्चालन भएको योनेक्स सटल टाइम दुवई क्लब च्याम्पियनसिपमा विभिन्न क्लबमार्फत आकर्षक खेल पस्कदै लेभल ‘ए’, ‘बी’ र ‘सी’ सँगै महिला सिंगल्स्मा पनि उत्कृष्ट खेल पस्केका थिए ।
ज्ञानु माया बरालले सबै लेबलमा प्रतिस्पर्धा गर्दा सानिया चन्दले लेभल ‘बी’ र ‘सी’ मा सहभागितना जनाएको थिए । जसमा दुवै क्लब च्याम्पियन हुन सफल भए । सबै लेभलमा २६ टोलीले सहभागिता जनाएका थिए ।
सानियाले लेभल ‘बी’ मा विकेन्ड स्मासेर्स टिमबाट खेलेका थिइन् । लेभल ‘सी’ मा ¥याकेटर्स टिमबा महिला डबल्स र सिंगल्र्समा प्रतिस्पर्धा गरेका थिए ।
ज्ञानुले लेभल ‘ए’ मा सटल जोनबा भाग लिएकी थिइन् । यस्तै सिनियर महिला सिंगल्समा ज्ञानुले फाइनलमा युएईंका च्याम्पियन सारा सिराजसँग खेल्दै उपविजेता बनिन् । नेपाली खेलाडीलाई एनबीसी खेलाडी अनिल जोशीले प्रशिक्षण दिएका थिए ।
आज युएई नेपाल ब्याडमिन्टन कम्युनिटीका संयोजक हिरालाल श्रेष्ठले प्रवासमा पनि आफ्नो समय अनुकुलमा खेल्दै गर्दा नेपाली समुदायले ब्याडमिन्टनमा राम्रो प्रगति गर्दै र नेपाली ब्याडमिन्टन समुदायमा क्रेज बढ्दै गएको बताए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।