4 years ago
November 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ ।
विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको सदस्यता दिएको हो । नेपाल रग्बी संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको जनाएको छ । संघले सदस्यता प्राप्त गर्नुलाई संघको महत्वपूर्ण उपलब्धि भएको समेत जनाएको छ ।
एसिया रग्बीको सिफारिसमा नेपाललाई एसोसियट राष्ट्रको मान्यता दिएको हो । गत भदौमा एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको थियो । नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको थियो ।
नेपालले दुई वर्षअघि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो ।
नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो । त्यस समयबाट ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरी सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजना पश्चात एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको थियो ।
जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो । त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो । उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाईमा रहेको कालापत्थरसम्म पुर्याएको थियो । पहिलो पटक रग्बीको ट्रफी विश्वको सबैभन्दा ठूलो उचाईमा पुर्याउन सफल भएको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]