4 years ago
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीपछि आर्थिक समस्यामा परेका तथा न्युन आय भएका पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
देश विदेशमा रहेका भलिबल प्रेमीको सहयोगबाट उठेको केही रकम खेलाडीहरुलाई सहयोग गरिएको लक्ष्मण काप्रीले जानकारी गराए । समन्वयकारी भुमिकामा गन्डकी प्रदेश तथा स्याङ्जाका भलिबल खेलाडी राजन दर्लामी मगर पनि रहेका छन् । उनीहरुलाई आइएमईमार्फत जनही ५–५ हजार रुपैया सहयोग गरिएको बताए ।
१२ महिना नै भलिबल खेलेर जीवन निर्वाह गर्ने खेलाडीहरुलाई कोरोना भाइरसो कारणले निकै असर पारेको हुदा पहिलो चरणमा पाँच खेलाडीलाई सहयोग गरिएको काप्रीले बताए । दोस्रो चरणमा पनि खेलाडीलाई सहयोग गरिने उनले बताए ।
खेलाडीहरुमा गण्डकी प्रदेश तथा म्याग्दीका सेटर सुजन चोखाल, बाग्लुङका दुर्गा बहादुर सुनार, सुदुरपश्चिम प्रदेश तथा डोटीका डम्मर राज भट्टराई, प्रदेश २ तथा जनकपुरका विनय कुमार यादव र सुदुरपश्चिम प्रदेश तथा कञ्चनपुरका माया खडायत छन् । उनीहरु सबै नेपागन्जमा सम्पन्न आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका थिए । डम्वरले आठौंका प्रशिक्षण दौरान चोट बोकेका थिए ।
यस्तै चोटका कारण अस्पतालमा रहेका रहेका नेपाल प्रहरीका भलिबल खेलाडी ओमप्रकाश परियारलाई दोस्रो चरणमा तिहार लगत्तै सहयोग प्रदान गरिने बताए । नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबको पहलमा ओमको उपचारको लागि सहयोग अभियान नै चलाइएको थियो । जसबाट पहिलो चरणमा ओमलाई गत असोजमा ६ लाख ५० हजार १ सय ६३ रुपैया हस्तान्तरण गरिसकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]