default_image

4 years ago

November 11, 2020

सुदेशनालाई रजत

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् ।

सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् । यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए ।

६.३० अंकसाथ नेपालकी शान्ति राईले कांस्य जितिन् । प्रगति कुइकेल ५.६० अंकसाथ पाँचौं स्थानमा रहिन् । ब्राजिलकी मारियाना उर्बिनाले ६.८० अंक जोड्दै स्वर्ण हात पारिन् । ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यु–१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जितेका थिए ।

अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.