4 years ago
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।
ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भए । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयुशले जितेको यो छैटौं पदक हो ।
यसअघि आयुशले अमेरिकामा भएको प्रतियोगितामा रजत तथा मलेसिया र थाइल्यान्डमा भएका प्रतियोगितामा स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताअन्तर्गत कागेश्वरी र काठमाडौं भर्चुअल प्रतियोगितामा स्वर्ण हात पारेका थिए । प्रतियोगितामा आयुशसहित सुदेशना गुरुङ, प्रगति कुइकेल र शान्ति राई पनि सहभागी छन् ।
बाँकीको खेलको नतिजा सोमबार आउने बताइएको छ । प्रतियोगितामा एनटीएका अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]