default_image

4 years ago

November 7, 2020

ललितपुरमा नयाँ ब्याडमिन्टन हल

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको इमाडोलमा दुई ओटा कोर्ट भएको नयाँ ब्याडमिन्टन कभर्डहल सञ्चालनमा आएको छ ।

इमाडोल ब्याडमिन्टन एन्ड स्पोर्ट्स क्लबले उक्त कभर्डहलको निर्माण गरेको हो । उक्त हलमा ६० जना सदस्यहरुले नियमित ब्याडमिन्टन खेल्दै आएको र निकट भविष्यमा जुनियर खेलाडीलाई प्रशिक्षण गरउोन लक्ष्य रहेको क्लबका अध्यक्ष लोक बहादुर श्रेष्ठले जानकारी गराए ।

यस्तै क्लबले राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका सुभास श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको छ ।

स्वागत तथा सम्मानित भएपछि राखेप बोर्ड सदस्य सुभास श्रेष्ठले खेलकुद भित्र भष्ट्रचार रहेको र ब्याडमिन्टनमा भएको भष्ट्रचारलाई पहिलोपटक बाहिर ल्याउन सफल भएको र आफु राखेप बोर्ड सदस्यमा रहुन्जेल यस्तो विकृतिलाई मौलाउन नदिने बताएका छन् । उनले क्लबलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्यालले क्लबले सहयोग मागेमा नेपाल ब्याडमिन्टन संघको तर्फबाट प्राविधिक ज्ञान र तालिम दिन आफु जुनसुकै बेला पनि तयार रहेको बताए ।

भेट्रान ब्याडमिन्टन खेलाडी देवेन्द्र केसीले शरीर र मन मस्तिष्क चुस्त राख्ने ब्याडमिन्टन खेल तथा क्लबको बिकासको लागि क्लबलाई ५० हजार रुपैया सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा स्थानिय समाजसेवी, क्लबका पदाधिकारी तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.