4 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुुक्त अरब इमिरेट्स (युएई) को दुवईमा नेपाली समुदायबीचको दशै–तिहार कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
विनर्स स्पोर्ट्स एकेडेमी जुराफ अजमानमा शुक्रबार राति सम्पन्न खेलको लेभल ‘ए’ तर्फ सानिया चन्द र सुमन उदयको जोडीले उपाधि जितेका छन् । सानिया र सुमनको जोडीले दिपेश श्रेष्ठ र कपुर श्रेष्ठको जोडीलाई १५–८ र १५–९ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै पुरुष लेभल ‘बी’ मा किशोर शाक्य र योगेन्द्र रानाको जोडीले बल बहादुर र रुद्र थापाको जोडीलाई १५–११ र १५–१३ ले पराजित गर्दै च्याम्पियन बने । महिला डबल्स्मा पवन माया नकर्मी र रचेल लामाको जोडीले सावित्री सिंह र सपना लामाको जोडीलाई १५–१० र १५–१० ले पराजित गर्दै पहिलो भइन् ।
नेपाल ब्याडमिन्टन कम्युनिटी युएई र नेपाली समाज युएईको सयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष डबल्स लेभल ‘ए’ र लेभल ‘बी’ मा ४६ जना तथा महिला डबल्समा ६ जना खेलाडीको सहभागिता रहेको थियो ।
लेभल ‘ए’ को विजेताले १० हजार तथा दोस्रो भएको जोडीले समान ७–७ हजार नेपाली रुपैया हात पारे । महिलातर्फको विजेताले ६ हजार रुपैया हात पारिन् । प्रतियगितामा महिलातर्फ सानिया चन्द र पुरुषतर्फ साहिल चन्द इमार्जिङ खेलाडी घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
नेपाली समाजका अध्यक्ष गोबिन्द ढकाल र नेपाली समाजमा आवद्ध अन्य जिल्ला संस्थाका अध्यक्ष तथा एनआरएन युवा संयोजक मदन अधिकारीलगायतले खेलाडीलाई पुरस्कृत गरेको संयोजक हिरा लाल श्रेष्ठले जानकारी गराए ।
हिरालाल श्रेष्ठ, ज्ञानुमाया बराल र सुमन उदय टिमले खेलको व्यवस्थापन गर्दा रिया मनि ट्रान्सफरको प्रायोजन, विभिन्न व्यक्तित्व र सबै ब्याडमिन्टन खेलाडीहरुले प्रतियोगितालाई आर्थिक सहयोग गरेको थियो । ज्ञानुमाया बराल, हिरा लाल श्रेष्ठ, सुमन उदय, हिम्मत चन्द, विक्की बुढा, प्रमित उदय अनिल जोशीका टिमले अम्पायरको भुमिका निभाएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।