4 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य पुरेन्द्रविक्रम लाखे शनिबार सम्मानित भएका छन् ।
डोजोका पूर्व सल्लाहकार लाखेलाई राखेपको सदस्य पदमा नियुक्त भएकोमा सम्मान गरिएको हो ।
ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठ, डोजोका संस्थापक मुख्य प्रशिक्षक एवं संरक्षक मिनकृष्ण महर्जन, डोजोका अध्यक्ष समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले लाखेलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाइ दिनुका साथै सम्मान गरे ।
खेलाडीका रुपमा लाखेको मुख्य उपलिब्ध नेपालमै १९९१ मा भएको शिखर एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्नु हो । लाखे दोश्रो पटक राखेपको सदस्यमा नियुक्त भएका हुन् । २०६३ सालमा पनि लाखे राखेपको सदस्यमा थिए ।
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]