4 years ago
November 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हामी नेपाली समाज युएई र नेपाली ब्याडमिन्टन समुदाय युएईको संयुक्त आयोजनामा दुवईमा पहिलोपटक दसैं–तिहार कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजकले आइतबार राति खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा ६ महिला र ४६ पुरुष खेलाडी गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता ६ नोभेम्वरदेखि विनर्स स्पोर्ट्स एकेडेमी जुराफ अजमानमा हुनेछ । प्रतियोगितामा पुरुष डबल्स लेभल ‘ए’, पुरुष डबल्स लेभल ‘बी’, महिला डबल्स र महिला एकल लेभल ‘ए’ स्तरको विधा समावेश गरिएको छ ।
खेलहरु ब्याडमिन्टन वल्ड फेडेरेसन (बिडब्लुएफ) को नियमभित्र रहेर हुनेछ । खेलहरु बेस्ट अफ थ्रीको आधारमा हुनेछ । प्रतियोगिताको विजेताले नगद पुरस्कारसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्ता खालको प्रतियोगिताले हरेक खेलाडीले आफ्नो खेलको स्तर सुधार गर्नुको साथै भावी दिनमा नेपालमा समेत खेललाई निरन्तरता दिने योजना बनाएको छ ।
यस्तै प्रतियोगिताको लागि आयोजकले खेल व्यवस्थापक तथा संयोजकमा हिरा लाल श्रेष्ठ तथा प्रतियगिता संयोजकमा सुमन उदयलाई जिम्मेवारी प्रदान गरेको छ । यस्तै हिरा लाल श्रेष्ठ, प्रमित उदय, सुमन उदय, ज्ञानु बराल, विकि बुढा, दिपेश श्रेष्ठ, राहुल श्रेष्ठ र हिम्मत चन्द समितिको सदस्य रहेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।