4 years ago
October 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तारणी प्रसाद जोशीको अध्यक्षतामा डेनमार्कमा रहने नेपाली ब्याडमिन्टन खेलाडीहरुको क्लब ‘कोपनगेहन ग्रीन ब्याडमिन्टन क्लब’ को नयाँ कार्यसमिति चयन भएको छ ।
क्लबको साधारण सभाले तारणी प्रसाद जोशीलाई अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश ढकाल, कोषाधक्षमा रमेश घिमिरे, व्यवस्थापकमा मुक्तिराम चापागाईं, टेक्निकल तथा अफिसियल प्रशिक्षकमा ओम बिक्रम राना र क्लबको प्रशिक्षकमा काजि खड्का नियुक्त भएका छन् ।
ओम बिक्रम राना ब्याडमिन्टन एसियाको सर्टिफाइड ब्याडमिन्टन अम्पायर हुन् । उनी अध्ययनका लागि डेनमार्क पुगेका हुन् । कार्यसमितिको सदस्यमा नवराज आचार्य (नबिन), कमल गुरुङ, नित्या नन्द तिमिलसेना, राधाकृष्ण सापकोटा, पूर्ण चन्द्र नेपाल र हरिप्रसाद पराजुली रहेका छन् ।
नमार्कमा रहेका नेपालीहरुलाई खेलको माध्यमबाट आपसी भाइचारा कायम गर्ने उद्धेश्यले क्लबको स्थानमा सन् २०१७ मा भएको हो । क्लब कोपनहेगन नगरपालिकामा समेत दर्ता भएको छ । सोही कारण क्लबले महानगरपालिकाबाट समेत सुबिधा प्राप्त गर्दै आएको छ ।
महानगरपालिकाले दिने सुविधा अन्तर्गत रहेर ब्याडमिन्टन खेल्न चाहने नेपालीहरुलाई इन्डोर ब्याडमिन्टन खेलसँगै प्रशिक्षण समेत गराइरहेको छ । क्लबले यसै समरमा डेनमार्कमा हुर्कंदै गरेका दोस्रो पुस्ताका बालबालिकालाई पाँच साताको ‘समर क्याम्प’ आयोजना गरेको थियो । जसमा करिव ३५ जना नेपालीले प्रशिक्षण लिएका थिए ।
यसैगरी क्लबले हरेक वर्ष दुई पटक नेपाली समुदायबीच ब्याडमिन्टन प्रतियोगीता गराउंदै आएको छ । क्लबका अध्यक्ष तारणी प्रसाद जोशीले यसै नोभेम्वरमा नेपाली समुदायबीच प्रतियोगिता गराउने योजना रहेको बताएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।