9 years ago
September 10, 2016
काठमाडौं (हाम्रो खेलकुद)- पेप्सी ओपन गल्फ उपाधि तासी छिरिङले शनिबार जितेका छन् । स्टेबलफोर्डका आधारमा गोकर्ण गल्फ क्लबमा भएको खेलमा ४३ स्कोर गर्दै तासीले उपाधि जितेका हुन् ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे ४० स्कोर गर्दै दोस्रो भए । ६ वटा बर्डि प्रहार गरेका तासीले मोस्ट बर्डिजको उपाधि समेत जिते । उनले फ्रन्ट नाइनमा २३ र ब्याकनाइमा २० स्कोर गरे ।
सुहृदले फ्रन्ट नाइमा २२ र ब्याक नाइटमा १८ को स्कोर गरे । ३४ ग्रस् स्कोर गरेका तासी डोङले बेस्ट ग्रसको उपाधि जिते । ६० बर्षमाथिको सिनियरतर्फ केएनएस थापाले उपाधि हात पारे ।
२६ स्कोर गरेकी रेखा घिमिरे महिलातर्फ विजयी भइन् । अर्नव शाहले जुनियरतर्फ विजयी भए । जगदिश अधिकारीले क्लोजेस्ट टु दि पिन र जय नुगेन्टले लंगेस्ट ड्राइभ उपाधि जिते । ७६ खेलाडीको सहभागिता रहेको प्रतियोगितालाई वरुण वेभरेज नेपालले प्रायोजन गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]