default_image

4 years ago

October 18, 2020

ब्याडमिन्टन खेलाडी सितालाई कोषबाट १ लाख २५ हजार उपचार सहयोग

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सिता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ ।

सितालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यसअघि नेपाल ब्याडमिन्टन संघले उनको उपचारको सहयोगको लागि शुक्रबार ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । सीतालाई आइतबार डिस्चार्ज गरिएको छ । ट्रमा सेन्टरमा डाक्टर सरोज राईसहितको टोलीले गत बिहीबार उनको घुँडाको सफल शल्यक्रिया गरेको थियो ।

८ असोजमा प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो । चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो । गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) सिता सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।

यसअघि असोज तेस्रो तथा राष्ट्रिय खेलाडी कल्याणकारी कोषले एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी स्वर्गिय रविनकुमार राईको परिवारलाई १ लाख, बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो । कोषले जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.