default_image

9 years ago

September 8, 2016

अन्तराष्ट्रिय पदक विजेता सम्मानित

121 views

0 Bookmark

राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

01(1)

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ हजार र प्रशंसा पत्र तथा कास्य पदक प्राप्त खेलाडीहरुलाई नगद १० हजार सहित प्रशंसा पत्रबाट सम्मान गरे ।

गत आबमा अन्तराष्ट्रिय प्रतियोगितामा ३५ जनाले स्वर्ण, ४२ जनाले रजत र ३२ जनाले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।

सो अवसरमा हालै भुटानमा आयोजित ५० औं एशियाली शारिरीक सुगठन च्याम्पियनसिमा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी महेश्वर महर्जनलाई मायाको चिनो सहित सदस्य सचिव बिष्टले सम्मान गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.