default_image

4 years ago

October 11, 2020

नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन च्याम्पियन

125 views

0 Bookmark

एजेन्सी – दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।

दुवै खेलाडी खेल जीवनमा कीर्तिमानी ५६औं पटक भिड्दा नाडाले बाजी मारेका हुन् । क्ले कोर्टका बादशाह नाडालले जोकोभिचमाथि पहिलो र दोस्रो सेटमा ६–० र ६–२ को सहज जित हात पारे। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नाडालले ७–५ ले आफ्नो पक्षमा पार्न सफल भए । जोकोभिचलाई पराजित गर्न नाडालले २ घन्टा ४१ मिनेट समय खर्चिए ।

यस्तै नाडालले सर्वाधिक ग्रान्डस्लाम जित्ने स्वीस रोजर फेडेररको कीर्तिमानलाई बराबरी गरेका छन् । फ्रेन्च ओपन जितसँगै नाडालले ३९ वर्षीय फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिसँग बराबरी गरेका हुन् । फाइन्लमा नाडालसँग पराजित जोकोभिचले १७ ग्रान्डस्लाम उपाधि जितेका छन् ।

२००५ मा पहिलोपटक फ्रेन्च ओपन च्याम्पियन बनेयता नाडालले १६ वर्षको अवधिमा तीनपटक मात्रै फ्रेन्च ओपन जित्न सकेका छैनन् । नाडालले २००९, २०१५ र २०१६ मा फ्रेन्च ओपन जित्न सकेनन् । त्यसपछिको सबै संस्करणमा नाडाल च्याम्पियन बन्न सफल भएका छन् ।

च्याम्पियन बनेसँगै नाडालले यहाँ जित्नु आफ्नो लागि सबै कुरा रहेको बताएका छन् । ‘यहाँ जित्नु भनेको मेरो लागि सबै कुरा हो । साँच्चिकै म २०औं ग्रान्डस्लाम उपाधि र रोजरको बारेमा सोच्दिन । यो केवल रोलान्ड गारोसमा जित हो । मैले यहाँ मेरो करियरमा सबैभन्दा महत्वपुर्ण पलहरु बिताएको छु,’ च्याम्पियन बनेपछि नाडालले भने,‘केवल यहाँ खेल्नु नै साँचो प्रेरणा हो । यो सहरमा मेरो प्रेम सम्वन्ध छ । यो कोर्ट मेरो लागि अविस्मरणीय छ ।’

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.